नेपालमा थप १३०४ जनामा कोरोना संक्रमणको पुष्टि

12
SHARES
101
VIEWS


मङ्सिर -१६ पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् भने १५२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार