स्याङ्जाका कोरोना संक्रमित पुरुषको पाल्पामा उपचारका क्रममा मृत्यु

13
SHARES
107
VIEWS

मङ्सिर -१७ स्याङ्जामा आज थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ४ का ३९ वर्षिय पुरुष रहेको लुम्बिनी मेडिकल कलेज पाल्पाले जानकारी दिएको छ । उपचारका लागि मंसिर १ गते लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा भर्ना भएका मृतकको उपचारकै क्रममा मंसिर २ गते कोभिड -१९ को संक्रमणको पुष्टि भएको थियो। अस्पताल भर्ना भएको १७ औ दिनको बुधबार बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। स्याङ्जामा आज थप १ जना गरि कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार