यम सोमै (मंसिर -१८ ) कालीगण्डकी गाउँपालिका स्याङ्जाको वडा नम्बर ३ मा पर्ने भुष्टुङ्ग क्षेत्र ( साविकको विर्घा गाविस ) एक साताको लागि सिल गरिएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को जोखिम भुष्टुङ्ग क्षेत्रमा देखिएकोले सो क्षेत्रमा सिल गर्ने निर्णय गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडा सचिब दिलिप बिश्वकर्माले जानकारी दिनुभयो। वडा सचिब बिश्वकर्माका अनुसार संक्रमण नियन्त्रण भन्दा बाहिर जान नदिन आज बसेको वडा समिति तथा सर्व पक्षीय सँयुत्त बैठकले उक्त निर्णय गरेको हो । सिल अवधिभर वडामा रहेका बैंक तथा बित्तीय संस्था र होटल तथा रेस्टुरेन्ट व्यवसाय बन्द रहनेछन् । वडा नम्बर ३ मा अवस्थित भवानी मावी , सरस्वती आधारभूत बिद्यालय र एक निजि बिद्यालय बन्द रहनेछन् । घरबाहिर निस्कदा स्वास्थ्यका मापदण्ड पालना गरि अत्यावश्यक काममा मात्र निस्कन वडाले अनुरोध गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमित महिलालाई हाल होम आइसोलेसनमा राखिएकोले उच्च सतर्कता अपनाइएको बिर्घा स्वास्थ्य चौकीका प्रमुख एक बहादुर थापाले जानकारी दिनु भयो।
Discussion about this post