गोरखा कविराज ढकाल, मंसिर-१८ जन्मदिनको अवसरमा पालुड्टार नगरपालिका – ०५ निवासि नेकपा गोरखाका युवा नेता , समाजसेवी एवम् उर्जाशिल व्यक्तित्व आशिष देवकोटाले अनावश्यक फजुल खर्ज कटाएर समाजिक कार्यमा सहयोग गर्नुभएको छ |
पा.न.पा – १ सातदोबाटोका युवाहरुलाई र पा.न.पा – १० जोगिडिही चन्द्र ज्योति युवा क्लवलाई खेलकुद सामग्री, पा.न.पा – ४ बेल्टारका सानुबाबु भुझेलको अशक्त परिवार लाई खाध्य सामग्री सहयोग गर्नु भएको छ |
विगत वर्षकै दिन हरुको निरन्तरता रुपमा सहयोग गरेको र मेरो सानो सहयोगले उहाँ हरु लाई ठुलो मद्दत गर्ने अपेक्षा लिएको देवकोटाले बताउनु भयो ।
बिगतका दिनहरुमा पनि बिभिन्न अवसर पारेर यस्ता सामाजिक कृयाकलापमा उहाँ सम्लग्न हुनुहुन्छ ।
Discussion about this post