मिर्मी धारापानी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

12
SHARES
101
VIEWS

मङ्सिर -२६ स्याङ्जाको पश्चिम् क्षेत्रमा अवस्थित कालीगण्डकी गाउँपालिकाको गौरवमय योजनाको रुपमा लिइएको मिर्मीको मिलन चोक देखि धारापानी सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पहिलो लटको काम सकिएको करिब एक महिना पछि बिहीवारबाट पुनः दोर्स्रो लटको काम सुरु गरिएको गजुरमुखी कबिन्द्र निशान जेभीका प्रमुख खिमानन्द पाण्डेले जानकारी दिनुभयो । मौसमले दिए यहि महिना भित्र कालोपत्रे कार्य सम्पन्न गर्ने र यो सडक खण्डमा कालोपत्रे कार्यलाई पूर्णता दिन करिब ३५ जना निरन्तर खटिएका छन् ।” गजुरमुखी कबिन्द्र निशान जेभीका प्रमुख पाण्डे बताउनुभयो । अन्तिम चरणको कालोपत्रेका लागि सवारी आवागमनलाई भने नरोकिएको बरु सवारी साधनका चालकहरुलाई न्यून गतिमा सवारी हाक्न आग्रह गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ।

कुल लागत ४ करोड ७० लाखमा मिर्मीको मिलन चोक देखि धारापानी सम्मको ४ किलोमीटर सडक खण्डलाई आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो। सो सडक खण्डको कालोपत्रे निर्माण कार्य समयमै सुरु गरिएको भए पनि विभिन्न कारणले निर्माण कार्य तोकिएको समयमा भने पुरा हुन सकेको थिएन ।

सडक कालोपत्रे हुँदै गर्दा स्थानीय एक बृद्धाको मुहारमा देखिएको खुशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार