मङ्सिर -२९ पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा टिप्पर चालक नवलपरासी सुनवल नगरपालिका वडा ३ बस्ने ३८ वर्षका वीर बहादुर राना रहेका छन् । चालक रानाले चलाएको लु २ ख ४५११ नम्बरको टिप्पर रिब्दीकोट गाउँपालिका वडा नम्बर २ दमक स्थित भुर्लेखोलाको सडक खण्डबाट करिब १५ मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो। टिप्परले सिद्देश्वरबाट चुन ढुङ्गा बोकेर ल्याउदै गर्दा टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। सूचना अधिकारी पचभैयाका अनुसार घाइतेको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post