स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

13
SHARES
105
VIEWS

पौष -६ स्याङ्जामा आज थप ५ जना कोरोना भाइरस अर्थात् कोभिड -१९ का संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दैनिक अद्यावधिक विवरण अनुसार आज संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिका वडा नम्बर १ कि ५९ वर्षीया महिला र वडा नम्बर ५ का ३१ वर्षका पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ३ कि ४० वर्षीया महिला र वडा नम्बर ११ का ३० वर्षका पुरुष र आधीँखोला गाउँपालिका वडा नम्बर ३ का २६ वर्षका पुरुष रहेका छन् । आज थप ५जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ७८९ जना पुगेको छ। स्याङ्जामा हाल सम्म ७३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४६ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार