साउन -१८, स्याङ्जा जिल्लाको सय गन्तव्य स्थानहरु मध्य छुटाउन नहुने कालीगण्डकी गाउँ पालिका वडा नम्बर तीनमा अवस्थित आलम देवि मन्दिर पनि एक हो। शाह वंशको कुल देवता पनि रहेकोले यो मन्दिर जिल्लामा मात्र नभई देश भरीमा नै परिचित छ। धार्मिक , एतिहासिक र पर्यटकीय हिसाबले जिल्लाको प्रसिद्ध आलम देवी मन्दिर अझ आकर्षक बन्ने क्रममा रहेको छ। मन्दिरको प्रवेश द्वारमा गेट बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। मन्दिरलाइ थप आकर्षक देखाउनको लागि चारै तिर बाट पक्की पर्खाल लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको छ। गेट र पर्खाल लगाउनको लागि प्रदेश सरकारले तीस लाख विनियोजित गरेको जानकारी मन्दिर निर्माण समितिका अध्यक्ष प्रेम सिंह रानाले बताउनु भयो। यति मात्र नभइ मुख्य मोटर बाटोबाट मन्दिर सम्म पुग्न रु २५ लाख लागतमा रेलिङ र सिढी सहितको बाटोको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी अध्यक्ष रानाले दिनु भयो। निर्माण कार्य सम्पन्न पश्चात् आलम देवि मन्दिर थप आकर्षक देखिने भएको छ। स्थानीय चलन अनुसार साउन महिनाभर बलि पूजा भने स्थगन गरिएको छ।


Discussion about this post