कालीगण्डकीका स्थानीय बिद्यालयद्वारा पुनः एक महिने बिदाको घोषणा

44
SHARES
363
VIEWS

असोज -१०

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अवस्थित सार्वजनिक बिद्यालयहरुले पुनः दशै-तिहार पर्वलाई लक्षित गरि एक महिने बिदाको घोषणा गरेका छन् । बिदा दिने प्रक्रिया निति र नियम संगत भए पनि बालबालिकाको शिक्षण सिकाइका दृष्टिकोणले उपयुक्त देखिदैन। विशेष गरि स्थानीय विद्यार्थीरहेका बिद्यालयहरुमा एक महिना सम्म पर्वको नाममा बिदा हुनु राम्रो नभएको स्थानीय अभिभावकहरुले बताएका छन् । टाढा-टाढाबाट आउनुपर्ने बालबालिकाहरुका लागि एक महिने बिदा उपयुक्त भए पनि स्थानीय बालबालिकाहरु भएका बिद्यालयहरुमा एक महिना बिदा हुनु शिक्षण सिकाइ प्रक्रियाको दृष्टिकोणले राम्रो मान्न नसकिने स्थानीय जिके पाण्डेले जानकारी दिनु भयो। पछिल्लो समयमा बालबालिकाहरुमा पढाइ लेखाइ प्रती अभिरुचि घट्दै गइरहेको परिप्रेक्ष्यमा लामो बिदाले थप प्राभावित हुने देखिन्छ । सार्वजनिक बिद्यालयले पाउनु पर्ने बिदा एकै पटक भन्दा पनि स्थानीय चाडपर्व तथा अन्य कुनै अवसर पारेर बिदा समायोजन गर्ने तर्फ पालिकाको चासो गएको भने देखिदैन । शिक्षण सिकाई प्रक्रिया निरन्तर चलिरहने प्रक्रिया हो यस्का लागि बिद्यालय नै सिकाइका लागी उपयुक्त वातावरण भएकोले समेत लामो समय सम्म बिद्यालय बन्द बालबालिकाको हितमा देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार