स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्युु

62
SHARES
517
VIEWS

साउन -५ स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ६ कि चार वर्षीया बालिका सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारीका अनुसार ४ गते बेलुका गल्याङ नगरपालिका वडा नम्बर ६ पेलाकोटमा रहेको सिंचाई पोखरीमा ४ वर्षीया वालिका डुबेकोमा सोही वालिकालाई उद्वार गर्ने क्रममा बिन्द्र गुरुङ पनि डुबेर घाइते भएका थिए। घाइते भएका दुवैजनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दुवै जनाको मृत्य भएको अस्पताल स्रोतले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार