पुस-२०
स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। वालिङ नगरपालिका वडा नम्बर ८ का ३२ र ४० वर्षका पुरुष र २३ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। अन्य एक जना भने पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुष रहेका छन् । आज थप ४ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ८१९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ।
Discussion about this post