जनता माविद्वारा उत्कृष्ट पत्रकारिताको पुरस्कार तिमिल्सिनालाई

13
SHARES
110
VIEWS

पुस २३
गुल्मी -सुचना ,समाचार, धार्मिक प्रस्तुती खोज मुलक , शैक्षिक गतिविधि विद्यालयको भौतिक पूर्वाधार लगायत निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुकोन विभिन्न रेडियो ,पत्रपत्रिका , अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले यस बर्ष देखि उत्कट क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रमको प्रारम्भ गरेको हो । विद्यालयको ५४ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहको अवसरमा यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार पाल्पा जिल्ला बगनाससकाली गाउँपलिका वडा नम्बर ९ चाँपपानीमा जन्म भइ हाल गुल्मी तथा पाल्पामा विभिन्न मिडियामा आवद्ध भएर काम गर्दै आउनु भएका तथा रुरु धार्मिक सेवा सञ्चार प्रालिका अध्यक्ष पत्रकार चुरामणी तिमिल्सिनालाई सम्मान प्रदान गरिएको हो । सम्मान गह्रण गर्दै पत्रकार तिमिल्सिनाले आफुलाइ भब्य कार्यक्रमका साथ सम्मान गरेकोमा धन्यवाद दिदै आफ्ना काममा बिद्यालयले थप उर्जा प्राप्त भएको बताउनुभयो। तिमिल्सिना पत्रकार मात्र नभइ नेपालका चार मध्य मध्य एक धाममा ११ बर्ष देखि निरन्तर भगवान् हसीकेशको मन्दिर परिसरमा रहेर विविध धार्मिक कार्यक्रम तथा वृद्ध-वृद्धाहरुलाई दैनिक भोजनको अभियान , अपांग असहायका लागि विभिन्न दाताहरुको खोज गर्ने , विभिन्न दाताहरूको सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन खाद्य सामग्री लत्ताकपडा कपडा र दान-दक्षिणा वितरण अभियानलाई अगाडी बढाउदै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार