आफ्नै बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ

18
SHARES
154
VIEWS

पुस -२४ स्याङ्जामा प्रहरीले आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेका छ। यसरी पक्राउ पर्नेमा आधिँखोला गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आरोपित वृद्धले विगत चार वर्ष देखि मादक पदार्थ सेवन गरि आफ्नै परिवारको बुहारी नाता पर्नेलाई पटक-पटक करणी गर्दै आएका थिए। पीडित महिलाको जाहेरी पश्चात् आरोपित ६० वर्षका वृद्धलाई पक्राउ गरि जिल्ला अदालत स्याङ्जा बाट थप ५ दिनको म्याद लिइ अनुसन्धान कार्य अगाडि बढाइएको अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार