गुल्मी सेवा समाज साईप्रसको कार्यसमिति बिस्तार

12
SHARES
103
VIEWS

पुस -२४ ,अंग्रेजी नयाँ बर्षको अवसरमा गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्यसमितिलाई विस्तार गरिएको छ।

समाजका अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा भएको बैठकले साईप्रसमा रहेका सारा गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको शान, नितान्त पृथक पहिचान र प्रथना गर्ने ओठहरू भन्दा, सहयोग गर्ने हातहरू पवित्र र प्रेरणादायी हुन्छन् भन्ने मुख्य नाराका साथ परदेशियका गुल्मेलीहरूको एकतालाई समाजसेवामा बढाउने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष श्यामलाल नेपालीले जानकारी दिए ।

र महासचिव मनोज पन्थका अनुसार गुल्मी समाजको उपाध्यक्षमा मुना ढकाल , सुनिल भण्डारी ,सचिव सरिता सेन ठकुरी , कोषाध्यक्ष प्रभा अधिकारी र सहकोषाध्यक्ष राम प्रसाद सापकोटालाई चयन गरिएको छ भने सदस्यहरुमा शान्ति शाही , प्रकास विक ,दिल मगर , शोभा केसी ,राहुल बस्तेत , बसन्त पौडेल ,नुमु परियार , रबि ज्ञावाली ,सिता गहामगर ,रमेश गरि , प्रतिभा चौलागाई , रितु थापा मगर , रेखा खरेल लगाएत २० जना रहनु भएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार