स्याङ्जामा स्कुटर जलाउने एक जना पक्राउ

13
SHARES
112
VIEWS

पुस-२६
स्याङ्जा – स्याङ्जामा प्रहरीले स्कुटर जलाउने एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षका रबिन क्षेत्री रहेका छन् । रबिन क्षेत्रीले आँधीखोला गाउँपालिका वडा नम्बर २ मडुवामा बस्ने खिमानन्द सापकोटाको घर नजिकै पार्किङ गरि राखेको ग.४ प ९६३७ नम्बरको स्कुटर जलाएको खुल्न आएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवं प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। घटना पुस १४ गते भएको भए पनि अनुसन्धान क्रममा क्षेत्रीको संलग्नता रहेको पुष्टि भए पश्चात् पक्राउ गरि आपराधिक प्रवेश तथा आपराधिक उपद्र सम्बन्धि मुद्दा  दर्ता गरि जिल्ला अदालत स्याङ्जा बाट ७ दिनको म्याद थप लिएर अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार