स्याङ्जामा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

13
SHARES
110
VIEWS

पुस-२६
स्याङ्जा- स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्बर ३ वस्ने ४७ वर्षका गोपाल बिक रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय स्याङ्जाको मातहत ईलाका प्रहरी कार्यलय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले बिकको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक र ५ थान भरुवा बन्दुकको नाल फेला परेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवं प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। पक्राउ परेका बिकलाई आज जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद लिएर हातहतियार तथा खरखजना सम्बन्धि कसूर मुद्दा  दर्ता गरि अनुसन्धान कार्य अगाडि बढाइएको अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार