कारीकोट चण्डी भञ्ज्याङ् स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न

15
SHARES
122
VIEWS

पुस -२९

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ। भवनको निर्माण कार्य सम्पन्न गरिए पश्चात् निर्माण कम्पनीद्वारा उक्त भवन स्वास्थ्य चौकी व्यवस्थापन समिति र स्वास्थ्य चौकी भवनका प्रमुखलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो। प्रदेश सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण बिभाग, संघिय आयोजना कार्यनयन एकाइ कास्कीको बजेट बिनियोजनमा निर्माण गरिएको अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण कार्यको जिम्मेवारी जे एन्ड जेभी विबेक एन्ड कुबेर कन्स्ट्रक्सनले लिएको थियो। कुल दुई करोड १० लाख लागतमा निर्माण भएको उक्त भवन शहरी बिकास मन्त्रालय पोखराका इन्जिनियर रामकृष्ण गिरी र निर्माण कम्पनी द्वारा सम्झौता अनुरप निर्माण कार्य भए पश्चात् वडालाई हस्तान्तरण गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभीलाल चौतारेले जानकारी दिनुभयो। भवन निर्माण कम्पनीले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गरि भवन हस्तान्तरण गरिएकोमा शहरी बिकास मन्त्रालय पोखरा र निर्माण कम्पनी प्रती आभार व्यक्त गर्दै वडा अध्यक्ष चौतारेले अब वडा नम्बर १ मा पनि स्वास्थ्य सेवाको क्षेत्रमा सुधार हुने समेत बताउनुभयो । यस्तै गरि बि. सं. २०५२ साल साउन २३ गते स्थापना भएर सेवा शुरु गरिएको स्वास्थ्य चौकी भवनले आफ्नै भवन पाएकोमा आफू उत्साहित भएको कारीकोट चण्डी भञ्ज्याङ् स्वास्थ्य चौकीका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । भाडाको घरमा रहेरभए पनि आफुहरुले यश भेगका जनताहरुलाई स्वस्थ्य दिदै आएकोमा नयाँ भवन मार्फत थप स्वास्थ्य सेवाको कार्यक्रम अगाडि ल्याउने र यथाशीघ्र आज हस्तान्तरण भएको भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गाउँपालिका नेकपा अध्यक्ष कृष्ण लामीछने र बिशिष्ट अतिथिहरु बम लामिछाने मगर र हरी पाण्डे रहनुभएको थियो। यस्तै गरि कार्यक्रममा कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिहरु , स्वास्थ्य चौकी व्यवस्थापनका प्रतिनिधि , स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुको पनि उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार