माघ -१
स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा स्थापना भएको आमा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ। संस्थाको पूर्व निर्धारित कार्यक्रम अनुसार आमा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेको सभापतित्व र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारी बिभागका रजिस्ट्रार डा. टोकराज पाण्डे बिशिस्ट अतिथिका रुपमा रहनु भएको थियो । कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइराला , वडा नम्बर ४ का वडा अध्यक्ष तथा सल्लाहकार सदस्य श्री चक्रपाणि पाण्डे, वडा नम्बर २ का अध्यक्ष श्री नर बहादुर राना, सल्लाहकारहरु श्री जलेश्वर पाण्डे, श्री शिवनाथ पाण्डे र श्री बाबुराम पाण्डे कार्यक्रममा अतिथिका रुपमा रहनु भएको थियो। स्थानीय क्षेत्रमा सहकारी मार्फत आर्थिक क्षेत्रमा टेवा पुर्याउने उदेश्यका साथ २०७५ सालमा स्थापना गरिएको संस्थाले दोस्रो वर्ष पुगेको उपलक्ष्यमा सस्तो पसल समेत सञ्चालनमा ल्याएको छ। सो पसलको आज एक कार्यक्रमका विच कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले उद्घाटन गर्नु भएको सहकारी संस्थाका प्रबन्ध निर्देशक ढुंडीराज पाण्डेयले जानकारी दिनु भयो। संस्थाले आफ्नो सेवा कालीगण्डकी गाउँपालिकाका सवै वडामा सेवा विस्तार गर्ने तयारीमा रहेको समेत प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिनुभयो।
Discussion about this post