रुरु फ्रेन्ड्स क्लबद्वारा वडा अध्यक्ष कपको आयोजना

17
SHARES
138
VIEWS

चुरामणी तिमिल्सिना
माघ-१ गुल्मी – माघे संक्रान्ती पर्वको अवसरमा रुरुक्षेत्र धाम रिडीमा रुरु फ्रेन्डस क्लव रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले वडा अध्यक्षकप प्रतियोगिताको एक समारोहका बीच खेलको उद्घाटन गरेको हो । क्लवका कार्यबाहक अध्यक्ष सोभित थापाको अध्यक्षता रहेको कार्यक्रममा भलिबल प्रतियोगिताको उद्घाटन कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापा मगरले बल हस्तान्तरण गरेर गर्नु भएको हो। कार्यक्रममा प्रमुख अतिथी खिम बहादुर थापाले सम्बोधन गर्दै यो अध्यक्ष कप प्रतियोगिता आयोजना गरेर यो क्लबले अन्य स्थानिय निकायहरु लाई सिक्ने मौका दिनु भएकोमा क्लब प्रति धन्यवाद प्रदान गर्दै खेल जगतलाई स्थानिय तहले अगाडी बढाउन सकेमा रोजगारीका अवसर समेत सिर्जना हुने समेत बताउनु भयो। यस्तै गरि वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै यो खेल जिल्लामै प्रहिलो पटक आयोजना भएको बताउनु भयो। क्लबका सचिब राजेन्द्र जबराले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भयो। कार्यक्रममा सामाजिक अभियान्ताहरु, सहयोगिदाताहरु , क्लबका पदाधिकारीहरु ,सामाजसेवी जिल्लाका राजनीतिक दलका प्रमुखहरुहरु पत्रकार तथा सुरक्षा निकायहरुको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रम माघ ४ गते सञ्चालन हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार