कालीगण्डकी गाउँपालिकाद्वारा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

12
SHARES
99
VIEWS

माघ ९ कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाइ सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रम अन्तर्गत बिहिवार वडा नम्बर ७ मा २८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनु भयो। उक्त कार्यक्रम कालीगण्डकी गाउँपालिकाका सवै वडामा सञ्चालन गरिने सूचना अधिकारी पाण्डेले बताउनु भएको थियो। पालिकाले आज वडा नम्बर ४ मा रहेका अपाङ्गताभएका हरुलाइ आज सम्मान तथा न्यानो कपडा वितरणको कार्यक्रम रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार