भट्टराई दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग प्रदान

13
SHARES
107
VIEWS

चुरामणी तिमिल्सिना
माघ-१३ लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङमा भट्टराई दम्पती परिवारले १लाख १ हजार नगद रुपैया हस्तान्तरण गर्नु भएको हो । आगामी बर्षदेखि माध्यमिक तह कक्षा ११ र १२ सञ्चालन गर्नको लागि आर्थिक रकम प्रदान गरिएको दानवीर डिलराम भट्टराईले बताउनु भयो। आफू र आफ्ना छोरा तथा बुहारीहरुले यहीँ बिद्यालयमा अध्यापन गराएको हुनाले थप कक्षा सञ्चालन गर्न घर दैलो कार्यक्रमम सञ्चाल क्रममा उक्त रकम प्रदान गरेको उहाँले बताउनुभयो। यश गाउँबाट माध्यमिक तहको शिक्षा आर्जन गर्न लामो दुरि पार गरेर पाल्पाको अर्गली , बौहागुम्बा र तानसेन जादा बिद्यार्थीहरुलाइ समयको अभाव भयको र बिबिध समस्याहरु सिर्जना हुन थाले पछी समितिको निर्णयले यसरी यो अभियानलाई सफल पार्न अगाडी बड्ने क्रममा आफ्नो परिवारले पनि सहयोगको भावना देखाएको धर्मपत्नी लक्क्षिमा बताउनुभयो । भट्टराई दम्पतिले प्राय गरि सामाजिक क्षेत्रमा सहयोग प्रदान गरिरहेको र आउँदा दिन्हरुमा पनि सामाजिक संघ सस्था हरुमा आफ्नो परिवारले सहयोग गर्ने , भट्टराई परिवारले बतानु भयो यता डिलराम लामो समय देखि नेपाल सरकारको नेपाल प्रहरीको जागरीबाट सेवा निबृत भएपछी आफनो समयलाई खेरफाल्न नदिइ संघ सस्थाहरुमा आवद्ध भइ काम गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार