माघ -१५
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फरक क्षमता भएकाहरुलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिका स्याङ्जाले पालिकाका सवै वडाहरुमा न्यानो कपडा वितरण तथा सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको छ। पालिकाको उक्त कार्यक्रम अनुरुप आज वडा नम्बर ३ मा रहेका ३५ जना फरक क्षमता भएकाहरूलाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष राम बहादुर आलेले जानकारी दिनुभयो। फरक क्षमता भएकाहरूको सहजताका लागि कालीगण्डकी गाउँपालिकाले विभिन्न कार्यक्रम अगाडि बढाउने घोषणा गरेको थियो।
Discussion about this post