४३ वर्षदेखि भेडीगोठमा

12
SHARES
100
VIEWS

माघ-२१
बाग्लुङ – बोङ्गा दोभानको खोलाखेतमा चित्राले बारेको गोठ छ। तमानखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने यो सुनसानको गोठमा भेटिन्छन् ६५ वर्षीय भीम बहादुर रोका। उनी माघ महिनाभर खोलाखेतमै बस्छन् । बिहान- बेलुकि आगो फुक्ने र ताप्ने ,दिउँसो भेडा चराउने उनको दैनिकी हो। १३ वर्षको उमेरमा गोठमा गएका रोकाले जीवनका ४३ औ वसन्त भेडासँगै बिताइसकेका छन् । बाबुको साथ लागेर गोठमा गएपछि उनी चाडपर्वमा एक-दुई दिन पालो छाडेर मात्रै घरमा गएका छन् । पत्नी जगमाया साथमै हुन्छिन् । खर्च लिन, खेतीपातीको सिजनमा भने तमानखोला -३ को घरमा जान्छिन। फर्केर फेरि गोठमै आउने गरेकी छन् । रोकाको गोठमा १ सय २० वटा भेडा थपिदिएका छन् । रोकाले पशु रोगमा उपचारको सामान्य खालका तालिम पनि पाएका छन् । भेडा बिरामी पर्दा आफैं उपचार पनि गर्न सक्छन् भनेर कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार