चुरामणी तिमिल्सिना
माघ-२३ गुल्मी -लक्ष्मीपुर मावि सत्यवति गाउँपालिका वडा न २ चेहेमिमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ विद्यार्थीले कक्षा ११ का नव आगन्तुक २४ जना बिद्यार्थीहरुलाई सास्कृतिक कार्यक्रमका साथ स्वागत गरेको विद्यालयले बताएको छ । कक्षा १२ का छात्र विवेक पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष गुणदेब कुँवर रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले आगुन्तक बिद्यार्थीहरुलाई फुल माला अबिर लगाइ शुभकामना प्रदान गर्दै पठन-पाठनमा निरनतर सहभागीता हुन आग्रह गर्नु भयो । कक्षा१२ कि बिद्यार्थी ज्योति पाण्डेको स्वागत मन्तव्य समेत कार्यक्रममा रहेको थियो। कार्यक्रममा शिक्षकहरु शेर बहादुर कुँवर , हेमन्त कुँवर , निरमाया तरामु लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमलाई रौनकता तथा मनोरञ्जन प्रदान गर्न आस्मा सिन्जाली , विना कुँवर र मिलन कुँवरको महत्त्वपूर्ण भुमिका रहेको थियो। कार्यक्रमको सञ्चालन कक्षा १२ कि छात्रा शिला पाण्डेले गर्नु भएको थियो।
Discussion about this post