स्याङ्जामा दुई जना कोरोनाका बिरामी फेला परे

13
SHARES
109
VIEWS

माघ -२७

स्याङ्जा । कोरोना भाइरस अर्थात् कोभिड -१९ विरुद्धमा भ्याक्सिन लगाउने क्रम जारी भैरहदा स्याङ्जामा लामो समयको अन्तरालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय पुरुषमा र आँधीखोला गाउँपालिका वडा नम्बर ४ की २६ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो।

संक्रमित हरुमध्ये ८१० जना कोरोना संक्रमणबाट निको भइ घर फर्किएका थिए। स्याङ्जामा हाल सम्म ८३० जनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। जस मध्ये १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए। हाल स्याङ्जामा कोरोनाका ३ जना सक्रिय बिरामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार