लुम्बिनी माविको घर-दैलो कार्यक्रममा अहिले सम्म्कै ठूलो आर्थिक सहयोग मीन बहादुरद्वारा हस्तान्तरण

15
SHARES
124
VIEWS

चुरामणी तिमिल्सिना
माघ-२७ । माध्यमिक तह सञ्चालन गर्न लुम्बिनी माध्यमिक बिद्यालयलाई अहिले सम्मैको घर दैलो कार्यक्रमबाट ठूलो धन राशि प्राप्त भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङ ङनिवासी पिता ङन बहादुर थापामगर र आमा स्व. नर कुमारी थापा मगरका छोरा मीन बहादुर थापा मगर र बुहारी लोकि कुमारी थापा मगरले हाल बेलायतबाट कक्षा ११ र १२ सञ्चान गर्न महान उद्देश्यका साथ अगाडी बढेको र यसै क्रममा आफुहरुले हातमा हात मिलाउदै नगद रु ३ लाख ३ सय प्रदान गरेको बताउनु भयो। मीन बहादुर लामो समय सम्म बेलायतको आर्मिमा कार्यरत रहेर जीवन यापन गर्दै आउनु भएको छ। सरकारी नियम अनुसार जागिरबाट अवकाश प्राप्त गरि अरु समय सामाजिक संघ-संस्थामा आबद्धता जनाइ सामाजिक सेवामा खटिनु भएको छ । आफ्नै गाउँमा आफ्ना भाइ बहिनीहरुले कक्षा ११ १२ पढ्न पाउँदा उनिहरु समेत खुसी हुने र समयको समेत बचत हुने उहाले बताउनु भयो । यस्तै गाउँकै मन्दिर खार्णदेबि भगवती मन्दिर बिकासको लागि रु ५५ हजार आर्थिक सहयोग , बिद्यालयमा आफ्नो सम्पुर्ण घर परिवारबाट २ लाख भन्दा अक्षयकोष स्थापना , आफ्नै नेतृत्वमा संकलन गरेर रु १ लाख भन्दा माथी आर्थिक सहयोग , गरिब बाल बालिकाहरु लाई अध्यन गर्न आर्थिक सहयोग विभिन्न संघ-संस्थाहरुलाई सहयोग प्रदान गर्दै आउनु भएको छ । यता आफ्नै बुवा यसै बिद्यालयको पुर्व व्यवस्थापन समितिका अध्यक्ष पदमा रहेर काम गर्दा पनि सहयोग गरिरहेको समाचारमा उल्लेख गरिएको छ। भने अवका दिनमा जन्म उत्सव पर्व कनै तिथि पारेर रुरु क्षेत्रमा रहेको रुरु धार्मिक सेवा सञ्चार कार्यलयलाई पनि सक्दो सहयोग बतानु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार