चुरामणी तिमिल्सिना
माघ -३०। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका अपांगहरुलाइ सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। पालिका भित्रका झन्डै २०० जना भन्दालाई लक्षितबर्ग कार्यक्रम अन्तर्गतको बजेट खर्च गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनु भयो । ज्ञवालीले अपांग भएका व्यक्तिहरुलाई सहज होस भनेर न्यानो कपडा बितरण गरिएको समेत बताउनु भयो । यसै पालिकाभित्र असहाय , दुखी र बिपन्न परिवारलाई छाकटार्न गाह्रो परेका परिवारलाई पनि पालिकामा खबर आएमा सम्बन्धित वडा सँग समन्वय गरेर तत्काल रासनपानी उपलब्ध गराइएको पालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रम सम्पदान गर्न पालिकाकी उपाध्यक्ष साबित्रा कोइरालालाई नेतृत्व प्रदान गरिएको थियो । विभिन्न टोलटोलमामा सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष कोइरालाले समाजका असहाय ,अपांग , अति बिपन्न परिवारलाई पालिकाले बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि नियामित कार्यक्रम अगाडी बढाइएको र बढाइने उपाध्यक्ष कोइरालाले जानकारी दिनु भयो।
Discussion about this post