स्याङ्जामा प्रहरीद्वारा अवैध काठ बरामद

12
SHARES
97
VIEWS

फागुन -२
स्याङ्जा । स्याङ्जामा चापाकोट नगरपालिकाबाट प्रहरीले लुकाएर राखेको अवैध सालको काठ बरामद गरेको छ। जिल्लाको चापाकोट नगरपालिका वडा नं ५ विस्तारी बस्ने ४० वर्षीय दिपेन डोटेलको बाख्रा फारममा अबैध लुकाई छिपाई राखेको सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले चिरान २२ थान, पोल साईजको गोलिया ४४ थान र ४ थान रुख साईजको काठहरू काठहरू नियन्त्रणमा लिई बन कार्यालयलाई बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार