स्याङ्जाको कालीगण्डकीमा सुधारिएको चुलो निर्माण सम्बन्धि ५ दिने तालिम सञ्चालन

12
SHARES
103
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -५। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कारिकोट स्याङ्जामा ५ दिने सुधारिएको चुल्हो निर्माण सम्बन्धि तालिमको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । गाउँ पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी खिम बहादुर थापा मगरले व्यानर पढेर तालिमको उद्घाटन गर्नु भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना व्यावस्थापन कार्यलय स्याङ्जाको आयोजना र पालिका तथा वडाको संयुक्त व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष साबित्रा कोइराला विशिष्ट अतिथी रहनु भएको थियो । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष सोभिलाल चौतारे , जनप्रतिनिधी सदस्यहरु, सामाजिक अभियानताहरु एवम् बौद्धिक बर्गहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खिम बहादुर थापा मगरले यो कार्यक्रम यस पालिकामा पहिलो पटक सञ्चालन गर्न पाउँदा खुसी लागेेको र तालिम लिए पश्चात् तालिममा सिकेका कुराहरुलाई तत्कालै प्रयोगमा ल्याउन आग्रह गर्नु भयो। यस्तै विशिष्ट अतिथी उपाध्यक्ष कोइरालाले तालिमले महिला दिदीबहिनीहरुलाई रोजार सँगै धुवाबाट बचेर खान पकाउन सहज हुने र अन्य स्थानमा माग भएको खण्डमा तालिमपछी अन्य दिदी बहिनीहरुलाई सिकाउन समेत आग्रह गर्नु भयो ।तालिममा १४ जनाको सहभागीता रहेको छ । कार्यक्रमको अध्यक्षता प्राधिकरणका स्याङ्जाका प्रमुख प्रबिण ढकालले गर्नभएको थियो तालिम फागुन ९ गते सम्म सञ्चालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार