वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ।”

13
SHARES
111
VIEWS


वालिङ

फागुन -६।वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको सुरक्षा, प्रबिधिमैत्री काम लगायतमा जोड दिएका थिए ।
कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने,अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अति प्राथमिकता दिनुपर्ने समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो ।

कार्यक्रमको समन्वय वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईविकले गरेको थियो ।
कार्यशालामा सहजीकरण गर्दै काठमाण्डौं बिश्वबिद्यालयका सहायक प्राध्यापक रोशी लामिछानेले व्यवशाय प्रवद्र्धनमा नविनतम सोचको प्रयोग,काम गर्ने क्रममा देखापर्ने समस्याको सही र सहजरुपमा निराकरण,समस्या र समधानका फरक फरक तरिकाबाट समाधानको प्रयास लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उद्यमशीलताका अभियान्ता तथा स्तम्भकार दिनकर नेपालले समेत सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा ‘स्टार्टअप’ का रुपमा रहेका उद्यमीहरु,नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार