स्याङ्जा – ७ फागुन २०७७ , जिल्लाको नमुना बालगृह फेफिखोला गा.पा. १ स्थित अमोर सेवा नेपाल बालगृहलाई स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको छ ।
बालगृहको आवास भवन निर्माणकार्यको लागि स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको हो।
भविष्यका कर्णधार असाह्य बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि जापानमा बसोवास गर्नुहुने जिल्लावासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरूले दिल खोलेर सहयोग रकम संकलन गर्नुभएको थियोे ।
२६ जना असाह्य बालबालिकाहरूले आश्रय लिइरहेको बालगृहलाई उनीहरूको हेरचाह र लालनपालनमा सहयोग पुर्याउने सामाजिक उद्देश्यले स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको हो ।
देशमा विद्यामान राजनीतिक , सामाजिक , आर्थिक तथा घरयासी कारणले रोजगार र अध्ययनको शिलशिलामा विदेशीन बाध्य जापान निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्याङ्जा समाज जापानको तर्फबाट बालगृहको लागि आर्थिक सहयोग जुटाएका थिए ।
प्रजातन्त्र दिवसको अवसर पारेर आज फागुन ७ गते समाजका अध्यक्ष सागरमणि भण्डारी मार्फत बालगृहकी अध्यक्ष तथा संचालिका कमला पराजुलीलाई बालगृह प्रांगण फेदीखोला गा.पा. १ मा सहयोग रकम हस्तान्तरण गरिएको आर्थिक सहयोग संकलन अभियानका संयोजक वेद कार्की स्याङ्जा समाज जापानका महासचिवले जानकारी गराउनुभएको हो ।
Discussion about this post