फागुन-९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अत्याधुनिक उपकरण सहित कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याउने भएको छ। पालिकाले वडा नम्बर ७ इटाली चोकमा अवस्थित भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो। सामान्य प्रकारका रोगहरुको उपचारका लागि पाल्पा, गुल्मी र अन्यत्र स्थानमा धाउनु पर्ने समस्याबाट मुक्त हुने अपेक्षाका साथ हस्पिटल सञ्चालनमा ल्याइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मुक्ति प्रसाद भट्टराईले जानकारी दिनु भयो।
अत्याधुनिक प्राविधिक उपकरण सहित सञ्चालनमा आउने यो अस्पतालमा एमबिबिएस डाक्टर , स्टाफ नर्स , अनमी र स्वास्थ्यकर्मी सहितको टोलिले सेवा प्रदान गर्ने वडा अध्यक्ष भट्टराईले जानकारी दिनु भयो। प्रारम्भिक चरणमै अस्पतालले १५ वटा बेड क्षमताका साथ सेवा सुरु गर्न लागेको अस्पतालले आगामी दिनहरुमा सेवाहरु थप्दै जाने बताएको छ। भोलिबाट सेवा प्रारम्भ हुने अस्पतालको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
Discussion about this post