चुरामणी तिमिल्सिना
फागुन-१४ । उमेरले सानै भएपनि बहुमुखी प्रतिभाका धनिका रुपमा चिनिने गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीका १४ बर्षका अनुज न्यौपाने बेग्लै प्रकारका बिद्यार्थी हुन । उनि रिडी माविमा कक्षा ९ मा पढ्ने बिद्यार्थी हुन । अनुजले केही बर्ष अगाडी बिद्या ज्योति इङलिस बोर्डिङ स्कूलमा पनि अध्यान गरेका थिए । अनुजले बिहान साँझ फुर्सदको समयमा काम नलाग्ने चाउचाउका प्याक , पानीका बोतल तथा अन्य प्रयोग विहिन भएका सामानबाट नयाँ-नयाँ प्रकारका बिज्ञानका सामग्री बनाउने ,खेल कुद संग सम्बन्धि सामग्रीहरु, बालकक्षामा प्रयोग हुने तथा बाल-बालिकालाई पढाइमा रुचि जगाउने खालका सामग्री बनाउदै आइरहेका छन।

उनले निर्माण गरेका सामग्री आफ्नै बिद्यालयमा पनि प्रयोगशालामा राखिएको बताए । यता यसै बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीलाई यस्ता बहुमुखी प्रतिभाका धनि बिद्यार्थीहरुलाई कस्तो वातावरण सिर्जना गर्नु भएको छ भनेर जिज्ञासा राख्दा यस बिद्यालयको मात्र नभइ जिल्ला तहमा नाम स्थापित राख्न चित्रकारले जुन सुकै सामग्रीको माग गरेमा लगत्तै बिद्यालयले उपलव्ध गराइरहेको , प्रतिभाका धनि बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न सम्मान कार्यक्रम गरिएको र आवश्यकता अनुसार खोज अवलोकन गर्न चाहेमा बिद्यालयले सबै सहयोग गर्ने बताउनु भयो। उनि चित्रणमा मात्र हैन पढाइमा पनि राम्रो दखल भएका , वाक कलामा मिठास पुर्ण शब्दको प्रयोग गरि बोल्ने गर्ने र अन्य विविध बिधामा पुरस्कर हात पार्दै आइरहेका छन । यस्तै कक्षा ९ का बिज्ञान शिक्षकहरु बाल कृष्ण ज्ञवाली र टिकाराम पौडेलले भन्नु भयो थुप्रै प्रतिभाहरु बिद्यालयमा लुकेर रहेका सबै सामु पहिचान गराउन आफुहरुले सक्दो सहयोग गर्दै आइरहेको र हरेक गतिविधलाइ सहजता प्रदान गर्न बिद्यालयमा नै बिज्ञान क्लबको समेत गठन गरिएको र उनि अध्यक्ष समेत भएको बताउनु भयो । सामग्री भए र निर्देशन गर्ने शिक्षक भएमा बैाज्ञानिक बन्ने कुरामा शंका नभएको बिद्यालय व्याबस्थापन समितीका अध्यक्ष चन्द्रलाल कसजुले बताउनु भयो। उनि जस्तै यस बिद्यालयका अन्य केही बिद्यार्थीहरु पनि यस्तै क्रियाकलापमा बढी रुचि देखाउदै आएका छन् ।

Discussion about this post