रिडी माविमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

13
SHARES
112
VIEWS

चुरामणि तिमिल्सिना
गुल्मी, फागुन १६
शैक्षिक स्तरलाई माथी उकास्नका लागि बिद्यालय , अभिभावक र शिक्षकहरुका बिच निरन्तर अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यसै तथ्यलाई आत्मसात गर्दै रिडी मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले शैक्षिक अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। कक्षा १ देखि ५ सम्मका बिद्यार्थीका अभिभावक र कक्षा १० मा अध्ययनरत बिद्यार्थी अभिभावक संग अन्तरक्रिय कार्यक्रम गरिएको हो। कार्यक्रममा उठेका प्रश्न्नको जवाफ तथा कार्यक्रम माथि बिद्यालय प्रधानाध्यापक रोहित भण्डारीले प्रकाश पार्नु भएको थियो। यस्तै शिक्षक अभिभावक संघका सदस्य देबेन्द्र थैब शिक्षकहरुले आ-आफ्ना धाराण प्रस्तुत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार