कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न

14
SHARES
117
VIEWS


यम सोमै
फागुन -२९। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल प्रतियोगिताको आयोजना सुरु भएको हो। गत वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रतियोगिता आयोजना गरिएको थिएन।

हिजो एक कार्यक्रमका बिच सुरु भएको खेल पालिकाको श्री जनता आधारभूत बिद्यालयको प्राङ्गणमा सुरु भएको हो। प्रतियोगितामा पालिकाका भित्रका १२ वटा बिद्यालयहरुले सहभागिता जनाएको कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो। आज भएको फाइनल खेलमा जनता मावी प्रथम , आदर्श मावि द्वितीय , तृतीय भगवती नमुना मावि र सान्त्वना कालीगण्डकी पब्लिक बोर्डिङ स्कुल मिर्मी भएको थियो। फाइनल खेल तथा समापन कार्यक्रममा भैतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत प्रमुख अतिथिको रुपमा रहनु भएको थियो।

प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप शिल्ड , नगद रु १५००० , द्वितीय पुरस्कार रु नगद रु १०,०००, तृतीय पुरस्कार रु ५००० र सान्त्वना समूहलाई पुरस्कार स्वरुप रु २००० प्रदान गरिएको थियो।

कालीगण्डकी गाउँपालिकाले अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिताको आयोजना गरेर महिलाहरुलाई पनि खेलकुदका क्षेत्रमा लाग्न प्रेरित गरेको र यस बाट दक्ष महिला खेलाडी उत्पादनमा सहयोग पुग्न सक्ने श्री ध्रुबज्योति माविका प्रअ हिरा बहादुर गाहा मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार