स्याङ्जामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ

12
SHARES
104
VIEWS

चैत १
स्याङ्जामा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ७ अर्गली बस्ने ३३ वर्षका भेल बहादुर थापा रहेका छन् ।

१३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरि गर्भवती समेत बनाएको व्यहोराको जाहेरी परेकोले आरोपित थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

थापालाई जबरजस्ती करणी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट थप ५ दिनको म्याद लिएर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार