पाल्पाको तानसेनमा लोक भजन प्रतियोगिता हुने

20
SHARES
164
VIEWS

चुरामणि तिमिल्सिना
चैत -५। पाल्पाको तानसेनमा भजन प्रतियोगिता हुने भएको छ। आउदो चैत्र २८ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला समिति राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पाको आयोजनामा भजन प्रतियोगिता हुने भएको हो । प्रतिष्ठान पाल्पाको दोस्रो वार्षिक साधारण सभाको अवसर पारेर पाल्पाले राष्ट्रिय भजन कलाकारहरुलाई समेत उक्त कार्यक्रममा आमन्त्रण गरिएको अध्यक्ष जयप्रकाश उप्रेतीले बताउनु भयो । कार्यक्रममा बिजेताहरुलाई नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । आफ्नो धर्म संस्कृति संरक्षण गर्न संस्थाले यसरी यो अभियान अगाढि बढाएको प्रतिष्ठानका सदस्य दशरथ पाण्डेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार