रुरुक्षेत्र गाउँपालिकामा तेस्रो रनिङ शिल्ड प्रतियोगिता सुरु

14
SHARES
120
VIEWS

चुरामणि तिमिल्सिना
चैत-५।गुल्मीको रुरुक्षेत्र गाउँपालिकमा आज देखि तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि निलकण्ठ गौतमले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। पालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षता रहेको थियो।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरि, उपाध्यक्ष लक्ष्मी देवी पन्थ विशेष अतिथि रहनु भएको थियो। यस्तै अन्य अतिथिहरुमा वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक , रिडी माध्यमिक विद्यालयला प्रधानाध्यापक रोहित भण्डारी, संस्कृत तथा साधरण माविका प्रधानाध्यापक भोजराज गौतम , ज्ञवाबलेटक्सार माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण ज्ञवाली ,राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेस ज्ञवाली , जनज्वति माध्यामिक बिध्यालयका प्रधानाध्यापक भुवन भुसाल ,रे म्बो इन्लिस बोडिङका प्रधानाध्यापक योजन केसि, जनबोध माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठ, ग्वादि माध्यमिक बिध्यालयका शिक्षक प्रतिनिधि माधब ज्ञवाली , बिध्याजोतिबोडिङका अरुण श्रेष्ठ, पूर्व गाबिसका उपाध्यक्ष चन्दलाल कसजु , उधोग बाणिज्य संघका अध्यक्ष सुबर्ण लाल कक्षपति, जनप्रतिनिधि लक्ष्मी बराल पत्रकार कृष्णअन्जान , ज्ञवा माध्यमिकविद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनारायण ज्ञवाली , नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम चैत्र ७ गते सम्म सञ्चालन हुने छ। आजको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत राम प्रसाद अधिकारीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार