६ चैत, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।
विसं २०७२ सालको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोही स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो ।
अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नहुने भन्दै सिंगो समुदायको सहयोग र साथ रहेन विश्वास व्यक्त गरे ।
कार्यक्रममा रिड नेपालका मैनालीले भवन समयमै निर्माण हुने र दीर्घकालीनरुपमा पुस्तकालय सञ्चानल हुनेमाआफूहरु ढुक्क रहेको बताए ।
करिव ८ महिनामा सम्पन्नहुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना संचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभा हल हुनेछन् ।
कुल १ करोड १९ लाख १ हजार ९१ रुपैयाँ ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायले व्यवस्थापन गर्ने पुस्तकालयका अध्यक्ष पाण्डेल बताए।
Discussion about this post