चुरामणि तिमिल्सिना
चैत -८। तानसेन नगरपालिका वाड नं १४ कुसेनि पाल्पामा सुनपानि लिपटिङ् याेजनाको बैधिक बिधि सहित वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले शिलान्यास गर्नु भयो।
शिलान्यास कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा हषीकेशमन्दिर व्यवसथापन समितिका अध्यक्ष पर्शुराम भट्टराई , नेकपाका सोभाखर भट्टराई , नेपाली काङ्ग्रेसका दधिराम न्यौपाने जनप्रतिनिधि सिता ज्ञवाली , रमेश न्यौपाने महिला समूह सामाजिक अभियानता लगायतको सहभागीता रहेको थियो।

करिब २ करोडको लगानीमामा निर्माण हुन लागेको खानेपानिबाट १२० घर धुरि लाभान्वित हुने अध्यक्ष कृष्ण ज्ञवालीले जानकारी दिनु भयो।
यता कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रानाले हरेक वडामा केही बर्ष भित्रमा एक घर एक धारा कार्यक्रम पुर्याउन आफुहरु विभिन्न निकाया सङ्ग छलफल अगाडी बढाइरहेको बताउनुभयो।





















Discussion about this post