चुरामणि तिमिल्सिना
चैत -८।
रुरुक्षेत्र गाउँपालिकाद्धारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विजेता जनबोध माध्यामिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ।
बिद्यालयले सम्मान कार्यक्रमकोअवसर पारेर विजय र्याली समेत निकालेको थियो । तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विजेता खेलाडीसंगै उनिहरुका अभिभावकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सन्चालन भएको थियो ।
विद्यालयका प्रधानध्यापक रामप्रसाद श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। यस बिद्यालयले पहिलो बर्षमा उपबिजेता र दोस्रो र तेस्रो बर्षमा बिजेता हासिल गर्दै आएको छ ।
कार्यक्रमका अध्यक्ष ज्ञवालीले विद्यालयमा आफु अध्यक्ष बनेपछि हरेक किसिमका गतिविधिमा फरकता आएको, भौतिक संरचना थप्दै आएको र खेल जगतमा पनि बिद्यार्थीहरुलाई अगाडि बढाउन बिद्यालयले हरेक क्षेत्रबाट सहयोग प्रदान गरिएको बताउनु भयो । विद्यालयका साहायक प्रधानध्यापक देवीराम कुवँरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
Discussion about this post