कालीगण्डकीमा बाख्रापालन सम्बन्धि तालिम सुरु

15
SHARES
124
VIEWS

यम सोमै । चैत -८। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा दुई दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि स्थलगत तालीम सुरु भएको छ।

आज पालिकाका कुणादी पशुपन्छी पालन कृषक समूह र छाप बाख्रा पालन समुहलाई बाख्रा पालन सम्बन्धि तालिम दिएको पशु सेवा प्राबिधिक छवि भट्टराईले जानकारी दिनु भयो। १०/१० जनाको चार वटा समूह गठन गरि तालीम सुरु गरिएको पशु सेवा प्राबिधिक भट्टराईले जानकारी दिनु भयो। तालिम पश्चात् बाख्रा खरिदका लागी पालिका ६०% अनुदान दिने जानकारी दिदै भट्टराईले किसानले कम्तीमा पनि ५ वटा बाख्रा किन्नुपर्ने समेत बताउनु भयो।

आजबाट सुरु गरिएको बाख्रा पालन सम्बन्धि तालिमको कार्यक्रम कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ छाप बाख्रा पालन समूहको अध्यक्ष नोट वहादुर बराल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष लिलाबल्लभ अधिकारी ज्युको प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि श्रीकृष्णगण्डकी सानाकीसान कृषि सहकारी सस्थाका सचिब माधब प्रसाद अधिकारी रहनु भएको थियो।

कार्यक्रममा कालीगण्डकी गाउँ पालिका पशु शाखाका प्रमुख राजेस पाण्डे, पशु सेवा प्राबिधिक छवि भट्टराई तथा प्राबिधिक स्वयंसेवक माया सिङ्जाली लगायत २० जनाको सहभागीता रहेको थियो। आज दुई वटा समुहको तालिम सकिएको र बाकी दुई समूहलाई भोलि तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ।
तालीममा नेपालमा पालिने बाख्राका जात
बाख्रामा नस्ल सुधार खोर बनाउने तरिका र खोर ब्यवस्थापन , बाख्रामा लाग्ने रोग र रोकथाम, बाख्राको लागि उपयुक्त घाँस र घाँसका जातहरु, स्थानीय स्तरमा पौष्टिक र सन्तुलित दाना बनाउने तरिका , मिनरल बलक बनाउने तरिका र यस्को प्रयोगात्मक अभ्यास तथा
बाख्रामा रोग विरुद्ध खोप लगाउने पर्ने लगायतका बिषय वस्तुमा जानकारी दिएको थियो। तालिमको दौरानमा
किसानको अपेक्षा संकलन गरिएको र सहभागी किसानबाट आएका जिज्ञासालाई छलफल विधिबाट सहजीकरण गरिएको थियो।

आज उक्त कार्यक्रमको प्रमुख अतिथिबाट उद्घाटन गरि औपचारिक रुपमा शुभारम्भ गरिएको छ । कार्यक्रममा माधब प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उदेश्यमाथी पशु-शाखा प्रमुख राजेश पाण्डे प्रकाश पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण पशु सेवा प्राबिधिक छवि भट्टराईले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार