स्याङ्जामा १५ वर्षीय बालक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

12
SHARES
104
VIEWS

चैत -९
स्याङ्जामा २० वर्षीय महिलालाई जबरजस्ती करणी गरि गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

फरक क्षमता भएकी स्याङ्जाको आँधीखोला गाउँपालिकाकी २० वर्षीया महिलालाई पटक-पटक करणी गरि गर्भवती बनाएको जाहेरी पश्चात् सोही पालिकामा बस्ने १५ वर्षका बालकलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार आरोपित १५ वर्षक बालकले पुस १५ गते पहिलोपटक र दोस्रोपटक २२ गते करणी गरेका कारण फरक क्षमता भएकी महिला गर्भवती बनेकी थिइन् । गर्भवती भएको ३ महिना पश्चात् मात्र घटना बाहिरिएको हो।

आरोपितलाई पक्राउ गरि थप अनुसन्धान कार्य भैरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार