गोकर्ण पाण्डे।गुल्मी/श्री भगवती युवा क्लव धुर्कोट गा पा -३ हाडहाडे गुल्मी ले मिति २०७४ साल कार्तिकमा अबुवा युथ डेभलपमेन्ट कमिटीको रुपमा हाडहाडे मै पहिलो पटक साविक वडा नं 8 लाई सरसफाइको पुर्ण सुचकहरु पूरा गरि नमुना क्षेत्र घोषणा गर्ने गरि कार्य अगाडि बढाएको थियो । उक्त कार्यमा वास एकाई द्वारा गरिएको अनुगमनमा केहिघर धुरिको कमजोरीको कारण घोषणा नगरिएको हुँदा पुनः घोषणा गर्ने गरि यही मिति २०७७ फाल्गुन २८ गते देखि घरदैलो कार्यक्रम सुरुवात गरेको थियो । समूह विभाजन गरी विभिन्न टोलहरुमा गरिएको घरादैलो कार्यक्रम विगत ३ वर्षको तुलनामा निकै नै सन्तोषजनक रहेको क्लबका सरसफाई अभियान का संयोजक प्रकाश खत्रीले जानकारी दिए ।
घरदैलो कार्यक्रमको सम्पन्नता लगत्तै यही मिति २०७७ चैत्र ८ गते वास एकाई सँगको सहकार्यमा पूर्ण सरसफाईका सूचकहरु पूरा गरी उक्त क्षेत्रलाई नमुना क्षेत्र घोषणा गर्नेगरी वास एकाइका संयोजक छविलाल विश्वकर्मा तथा वास सहजकर्ता लालमणि भण्डारी को उपस्थितिमा आयोजना गरिएको औपचारिक कार्यक्रम मा धुर्कोट-३ हाडहाडे की महिला वडा सदस्य सावित्रा बस्नेत को प्रमुख आतिथ्तामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार संयोजक तारा बहादुर जी सी ले क्लवले निरन्तर रुपमा सक्रियता को साथ सामाजिक कार्यहरु गर्नुको साथै वास एकाई सँगको सहकार्यामा सरसफाइ अभियान सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । त्यसरी नै सरसफाईका सूचकहरुको विषयमा वास एकाई सहजकर्ता लालमणि भण्डारीले विस्तृत रुपमा जानकारी दिए । वास एकाई संयोजक छविलाल विश्वकर्माले नमुना क्षेत्र घोषणा गर्नका लागी पूरा गर्नुपर्ने मापदण्डको साथै सरसफाईका विषयमा गहिरिएर व्याख्या गरे । साथै यही चैत्र २५ गतेदेखि वडा कार्यालयको रोहबरमा वास एकाइले पुनः अनुगमन गर्ने निर्णय भएको क्लबका अध्यक्ष यम बहादुर खत्रीले जानकारी दिएका छन । साथै कार्यक्रममा बोल्दै खत्रीले यसरी नै सबैको साथ ,सहयोग र कार्यमा क्लबले उक्त क्षेत्रलाई नमुना क्षेत्र घोषणा गर्ने मात्रै नभएर अन्य सामाजिक कार्यहरूमा पनि सफलता पाउने विश्वास व्यक्त गरे ।
उक्त औपचारिक कार्यक्रममा पाल्नुभएका सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, सहयोगी तथा सम्पूर्ण अतिथि महानुभाव हरुलाई क्लबले धन्यवाद प्रकट गरेको छ ।
उक्त कार्यक्रम को सञ्चालन क्लबका सरसफाई अभियान का संयोजक प्रकाश खत्रीले गर्नु भएको थियो ।
Discussion about this post