जनतामावि सत्यवतीमा प्रहरीद्वारा सचेतना मुलक कार्यक्रम सम्पन्न

12
SHARES
97
VIEWS

चुरामणि तिमिल्सिना
चैत -१२ गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा जनता माविमा इलाका प्रहरी कार्यालय,जाेहाङ्,गुल्मीकाे संयाेजनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम प्रदान गरिएको हो।
दाईजाेप्रथा, वालविवाह, बाेक्सीप्रथा,जातीय छुवाछुत तथा याैनजन्य अपराध विषयमा चेतनामूलक प्रशिक्षण प्रहरी नायव निरीक्षक लक्ष्मण बिकले गर्नु भएको थियो।

यता यसै बिद्यालयका शिक्षक बिष्णु प्रसाद पाण्डेले प्रशिक्षण गरिएका विषय बस्तु सामाजिक विषयसंग मिलेकाले भाइबहिनीहरुलाई थप लेखाइमा हौसला तथा पृष्ठ पोषण प्रदान भएकोमा धन्यवाद दिनु भयो ।

समापन सत्रमा बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले प्रहरी प्रशासन तथा कार्यलयलाइ धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमकासाथ बिद्यालयका ११ र १२ मा कक्षा सञ्चालन गर्न आग्रह गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार