चैत -१५
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ राउतडाँडाका सुमन गाह मगरलाई पाल्पा प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाबाट खटिएको प्रहरी नायब निरीक्षक सहितको टोलिले आज बिहान ८ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पैठेडाँडामा चेकजाँचका क्रममा गाहा मगरलाई लागू औषध सहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार बाटोमा पैदल हिडिरहेका गाहा मगर लाई शरिर खानतलासी गर्दा फेनेराग्न ७० थान , नुफिन ३३ थान( २.५ मिलिमिटर को सिसि ) र सिरिन्ज २ थान फेला परेको थियो।
अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्य भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post