स्याङ्जाको कालीगण्डकीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

14
SHARES
119
VIEWS

यम सोमै
चैत -१६ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , जिल्ला आयुर्वेद केन्द्र स्याङ्जाको आयोजनामा र कालीगण्डकी गाउँपालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरद्वारा उक्त सेवा केन्द्रको उद्घाटन गरिएको हो।

कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ माझखण्डमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा आयुर्वेदिक सेवा दिने कालीगण्डकी गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनु भयो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको तर्फबाट दुई जना कर्मचारी खटाइएको र अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने गरि आरोग्य केन्द्र सञ्चालनमा आएको समेत प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनु भयो।

आरोग्य केन्द्रले निशुल्करुपमा रोगको परिक्षण एवम् आयुर्वेदिक औषधी प्रदान गर्ने योजना तय गरिएको छ। कार्यलय समयमा योगा कक्षाहरु समेत सञ्चालन हुने केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार