तोलाकान्त बगाले
वालिङ, १८ चैत ।
पोषण तथा खाद्य सुरक्षाका दृष्टिकोणले वालिङको अवस्थाकाबारेमा आज छलफल एवं अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा यूएसएआईडी, सुआहारा, दियालो संस्थाको सहकार्यमा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अन्तक्र्रिया एवं छलफल गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा योजनाहरु बनाउँदा परम्परागत तबरले नभई समयको र नगरबासीको मागका आधारमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत तबरले चलेका योजना तथा कार्यक्रमहरुलाई समय सापेक्ष बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने तबरले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाको खाद्य तथा पोषणको अवस्थालाई सुदृढ गराउनका लागि लक्षित समूह केन्द्रीत कार्यक्रमहरु ल्याईने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले बजेटलाई सही ठाउँमा सदुपयोग गर्दै जानेमा जोड दिंदै नगरको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले हाम्रो कार्यशैलीलाई चुस्तता र उपलब्धीमूलक हुने गरी कार्यक्रमहरको संयोजक गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डे, वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुभासचन्द्र अर्याल, सुआहारा स्याङ्जाका कार्यक्रम संयोजक याम जिसी, सुआहाराका ओमसुबा गुरुङ, अर्जुन सुबेदी लगायतले आ–आफ्नो शाखाबाट भएका कार्यप्रगति प्रतिवदेनकाबारेमा जानकारी गराउनुभएको थियो ।
नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कमलप्रसाद पाण्डेले र स्वागत प्रमुश प्रशासकीय अधिकृत राजन भट्टराईले गर्नुभएको थियो।
Discussion about this post