सोम, जेष्ठ ३, २०७८
सोम, जेष्ठ ३, २०७८

नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

चैत -२४।
स्याङ्जा -नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल नर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रेस युनियन र प्रेस संगठनका गठबन्धनको तर्फका साझा उम्मद्वार सिग्लेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । यसैगरी उपाध्यक्षमा राधाकृष्ष्ण डुम्रे, महिला उपाध्यक्षमा भवानी अधिकार, सचिवमा प्रतिक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै महासंघको सदस्यहरुमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालीकराम पोख्रेल,साधना न्यौपाने,थुम बहादुर बिनोद रखाली, नारायण बिश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र रोशन लामिछाने यसैगरी प्रदेश परिषद सदस्यमा चुत्र बहादुर महत,प्रेम नारायण रेग्मी र हिमलाल न्यौपाने निर्विरोध निर्वाचित भएकाछन् ।

नेपाली काँग्रेस निकट प्रेस युनियन,माओबादी केन्द्र निकट प्रेस संगठन, नेकपा एमालेको नेपाल खनाल निकटको प्रेस चौतारी लगायतले केन्द्रमा गरेको गठबन्धनका आधारमा जिल्लामा पनि गठनबन्धन भएको प्रेस युनियनका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो ।

कांग्रेस निकट युनियनबाट पदाधिकारीहरुमा अध्यक्ष,दुई उपाध्यक्ष र दुई सहसचिवमा क्रमश सिग्देल, डुम्रे,अधिकारी,बगाले र बश्याललाई पठाएको कोईरालाले बताउनु भयो ।
यस्तै माओबादी निकट प्रेस संगठनले पदाधिकारीको लागि सचिवमा प्रतिक्षा काफ्ले र कोषाध्यक्षमा रमेश गोदारलाई पठाएको संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्लेले बताउनु भयो ।

काफ्ले कान्तीपुरमा र गोदार रेडियो स्याङ्जामा कार्यरत रहेकाछन् ।
जिल्लामा क्रियाशिल सबै संगठन बीच सहकार्य गर्ने प्रयास भएको भए पनि बिभिन्न कारण त्यसो हुन नसकेको युनियनका अध्यक्ष कोईरालाको भनाई छ ।

निर्वाचन समितिले उमेद्वारको अन्तिम नामावली प्रकाशन गरेसँगै सवै पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार