राष्ट्रिय जनमुक्तीपार्टी वालिङ नगर समिती स्याङ्जाद्वारा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

34
SHARES
280
VIEWS

चैत -२४।
स्याङ्जा -राष्ट्रिय जनमुक्ती पार्टी वालिङ नगर समिती स्याङजाको आयोजनामा पार्टी कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आज वालिङमा सम्पन्न भएको छ।

सो अवसरमा वोल्नुहुदै प्रमुख अतिथि पार्टीका संघीय परिषदका उपाध्यक्ष होमाया गुरुङले “वहुजातीय लोकतान्त्रीक समाजवाद – जनमुत्ती विचारधारा”ले मात्र मुलुकको सर्वाङ्गीण विकास हुने तथा नेपाली जनता सार्वभौम सम्पन्न हुने वताउनु भयो।

सोही अवसरमा पार्टीका संघीय परियदका सचिव सुर्य सारुमगरले ” जातीय जनसंख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातीक प्रतिनिधित्व” संविधानमा स्थापित गराउनका लागी आफ्नो पार्टी संविधान संशोधनको लागि लडाइ जारी राख्ने वताउनुभयो तर यसको लागि सम्पुर्ण अादिवासी/ जनजाती,दलित,महिला, अल्संख्यक, मधेसी, सिमाांकृत ,पछाडि पारिएका राज्यबाट वहिष्कृत जनता एकजुट हुनुपर्ने वताउनुभयो।

कार्यक्रममा जनमुत्ति युवा महासंघका सुन्दर गुरुङ, विधा्र्थी नेता पुर्ण व राना, जनमुत्ती पार्टी स्याङजाका अध्यक्ष वम लामीछाने मगर लगायतले शुभमामना मन्तव्य राख्नु भएको थियो।

उत्त कार्यक्रम पार्टीका वालिङ नगरसमितीका अध्यक्ष ख्याम व. आलेको सभापतित्व तथा क्या. दुधवहादुर गुरुङको स्वागत मन्तव्यवाट शुरु भएकोमा , वालिङ नगर समितीका सदस्य टिवी रानाले कार्यक्रम संचालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार